Logo

६० रुपैयाँ तिर्न दुई हजार खर्च



Spread the love

फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन् । उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ ।

तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को भाडा तिरेर जिरीखिम्तीसम्म आउने उपभोक्ता धेरै छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

‘सिम्लेबाट जिरीखिम्तीसम्म ट्याक्सीले सात सय रुपैयाँसम्म भाडा लिन्छ,’ उनले भने, ‘आउँदा–जाँदा ट्याक्सीलाई एक हजार ४०० सय खर्च हुन्छ । खाजा पनि खानै प¥यो। दुई हजार जति खर्च हुन्छ ।’

जिल्लाको पूर्वी क्षेत्रका फेदाप र आठराई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भइरहेको छ ।

महसुल लिने केन्द्र नजिकै नहुँदा ६० रुपैयाँ मासिक महसुल बुझाउन दुई हजार रुपैयाँ खर्च गर्न उपभोक्ता बाध्य छन् ।

दुई गाउँपालिकाका विभिन्न वडाका एक हजारभन्दा बढी उपभोक्तालाई महसुल बुझाउन जिरीखिम्ती आउन एक दिन लाग्छ ।

प्रतिक्रिया दिनुहोस्