Logo

महानायकको घरमा बम राखेको छ भन्दै प्रहरीलाई फोन



Spread the love

२३ साउन, एजेन्सी । भारतीय महानायक अमिताभ बच्चनको घरमा बम राखेको छ भन्दै फोन गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार मुम्बइस्थित प्रहरी चौकीमा फोन गरेर अमिताभ बच्चनको घर सहित ३ ठाउँमा बम राखेको भन्दै फोन गर्ने २ जना पक्राउ परेका हुन् ।

ती व्यक्तिको फोनले केही बेर सनसनी मच्चियो । तर, प्रहरीले उक्त स्थानहरूमा अनुसन्धान गर्दा बम फेला नपरेपछि फोन गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको थियो ।

प्रहरीले खोजी गरेको केही समयमा नै दुई जनालाई पक्राउ गर्यो । त्यसपछि प्रहरीले उनीहरूसँग बयान लिँदा उनीहरुले आफू नशामा रहेको र सबै कुरा नशामा भनेको बताएका छन् । हाल उनीहरुलाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्