Logo

अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की



Spread the love

२४ साउन, एजेन्सी । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की दिइएको छ । अलकायदा समूहले भारतको राजधानीमा अवस्थित उक्त विमानस्थलमा बम हमला गर्ने धम्की दिएको हो ।

दिल्ली प्रहरीलाई इमेलमार्फत अलकायदाले विमानस्थल बमले उडाउने धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उक्त इमेलमा विमानस्थलमा तीन दिनभित्र बम राखिने धम्की दिइएको छ ।

यस धम्किसँगै उक्त विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको छ । दिल्ली प्रहरीलाई गत २१ मार्चमा इमेल मार्फत यस्तै धम्कि दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्