Logo

रूँदै बार्सिलोनाबाट बिदा भए मेसी



Spread the love

२४ साउन, एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार पत्रकार सम्मेलनमा अन्तरक्रियात्मक कार्यक्रम सहित मेसीको अाैपचारिक रूपमा बिदाइ भएको हो ।

आजको पत्रकार सम्मेलनमा मेसी रूँदै उपस्थित भएका थिए । बार्सिलोना प्रायः सबै खेलाडी उपस्थित कार्यक्रममा मेसीलाई तालि बजाएर सम्मान गरिएको थियो । सो सम्मानका दाैरान मेसीले आफ्ना आँसु लुकाउन सकेनन् ।

मेसी बार्सिलोनामा १८ वर्ष बिताएर बिताएका हुन् । उनले व्यवसायिक रूपमा बार्सिलोनाबाट मात्रै फुटबल खेलेका छन् । ३४ वर्षीय मेसीको अबको गन्तव्य भने निश्चित भइसकेको छैन ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले भने मेसी फ्रान्सको पेरिस सेन्ट जर्मन जान सक्ने आँकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्