Logo

भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेयले दिए राजिनामा



Spread the love

२७ साउन, काठमाडौँ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जसपाका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राति राजीनामा दिएका हुन् ।

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्