Logo

‘एमाले–माओवादी केन्द्र संसद्‌मा पनि साथसाथै’



Spread the love

पार्टी एकीकरण घोषणा नजिक रहेका सत्तारूढ एमाले र माओवादी केन्द्र संसद्मा साझा धारणाका साथ अघि बढ्ने भएका छन् । शपथको अघिल्लो दिन शनिबार संसदीय दलको संयुक्त बैठक बोलाएर दुवै दलका शीर्ष नेताले साझा धारणाका साथ अघि बढ्न सांसदलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेकाले त्यतिन्जेल दुवै दल एउटै नीति निर्देशनमा चल्ने बताए। ‘एउटै संसदीय दल बन्ने क्रममा छौं,’ ओलीले दुवै दलका सांसदलाई सम्बोधन गर्दै भने, ‘दुइटा दलको संयुक्त बैठक हो पनि हैन पनि, ठ्याक्कै मिलिनसकेकाले दुइटा, विधि प्रक्रिया पुर्‍याउन मात्रै बाँकी रहेकाले एउटै दलको बैठक हो।’

उनले एमाले र माओवादी केन्द्र एकताले विपक्षी दलमा तरंग ल्याएको बताउँदै संसद्मा एकमुख भएर प्रस्तुत हुन निर्देशन दिए। ‘एमाले र माओवादी केन्द्रलाई पराजित कसरी गर्न सकिन्छ भन्ने छटपटी छ,’ सांसदलाई जिम्मेवार भएर संसद्मा आउन आग्रह गर्दै उनले भने, ‘यिनीहरूलाई विकास गर्न दिनुहुँदैन, विकास ल्याए, समृद्धि ल्याए भने त झन्–झन् हाई–हाई हुन्छन्, देशको ढुकुटी सक्नुपर्छ भन्नेहरू पनि छन्।’ ओलीले विकास निर्माण र कानुन निर्माणमा सबैलाई साथ लिएर अघि बढ्न चाहेको बताए। उनको भनाइ थियो, ‘विपक्षीले हामीलाई बक्रदृष्टिले हेर्छ। बुझेन, बुझाउनुपर्छ। थाहा पाएन, थाहा दिनुपर्छ। प्रतिपक्षीलाई साथ लिएर जान्छौं।’ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्