Logo

भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरी हत्या



Spread the love

२८ साउन, चितवन । भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए । ड्यूटीमा नै खटिरहेको समयमा ढकालको धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टि गरेको छ ।

गोपालगञ्ज डिस्ट्रिट पुलिसबाट उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको बताइएको छ । घटनाका विषयमा उनीसँगै ड्यूटी रहेका अन्य प्रहरी जवानसँग पनि सोधपुछ भइरहेको विहार प्रहरीले जनाएको छ ।

मृतक ढकालको शव पोष्टमार्टमपश्चात नेपाल ल्याउने तयारी भइरहेको छ । ढकाल विहार पुलिसमा विगत १५ वर्षदेखि कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्