Logo

एमसीसी खारेज गर्न ओली पक्षकै सांसदको माग



Spread the love

२९ साउन, काठमाडाैँ । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् ।

उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् । एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र ? दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्