Logo

निकिसालाई ‘मिस नेपाल एसईई २०२१’को उपाधि



Spread the love

३१ साउन, काठमाडाैँ । निकिसा खड्का र सविन निरौलाले ‘मिस्टर एण्ड मिस नेपाल एसईई २०२१’को उपाधि जितेका छन् । खड्काले मिस र निरौलाले क्रमशः मिष्टर तर्फको उपाधि हात पारेका हुन् ।

उक्त प्रतियोगितामा मिस तर्फ प्रिया गौतम फस्ट रनर अप र वेस्ट फिगर र प्रमिसा सेजुवाल सेकेन्ड रनर अप चुनिए । त्यसैगरी मिष्टर अपुर्व गौतम तर्फ फस्ट रनर अप र रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप भए । गोतमले मिष्टर ट्यालेन्टको उपाधि समेत हात पारेका छन् ।

उक्त कार्यक्रममा प्रदेश तर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामाङ, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता चुनिए ।

उक्त कार्यक्रममा राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन अतिथि तथा राप्रपा नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन अतिथि रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्ल, सिनियर कोरियोग्राफर महेश केसी, पवन आचार्य, मोडेल प्रमिला कार्की, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ की विजेता पुजा गिरी निर्णायक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्