Logo

३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५ पुर्‍याउने अभियानमा



Spread the love

३२ साउन, एजेन्सी । एक व्यक्तिले ३६५ जना महिलासँग डेटिङ गर्ने अभियान चलाएका छन् । सिरियल डेटरको उपनामले चिनिने भारतीय तमिल फिल्मका अभिनेता सुन्दर रामुले यसै अभियान स्वरूप ३३५ जना महिलासँग डेट गरिसकेका छन् ।

अब उनको अभियानले पूर्णता पाउन ३० जना महिलासँग डेट गर्नु पर्ने हुन्छ । यसका लागि उनि निरन्तर लागि परिरहेका छन् ।

सुन्दर रामु डिभोर्सी हुन् । उनी रोमान्सका विरोधी होइनन् तर पनि उनका सबै डेटिङहरु रोमान्टिक हुँदैनन् ।

भारतको चेन्नइ सहरमा बस्ने सुन्दरको अनौठो दाबी त के छ भने उनी महिला अधिकारको बारेमा जनचेतना जगाउनका लागि ३६५ जना युवतीसँग डेटिङ गर्ने महाअभियानमा छन् ।

उनले २०१५ को जनवरी १ बाट यो अभियान सुरू गरेका हुन् । करीब ७ वर्ष पुग्नै लाग्दा उनी अब केही वर्षमा नै उनको अभियानमा सफल हुने देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्