Logo

प्रदेश २ को प्रमुख फेरिए, को बन्दैछन् नयाँ प्रदेश प्रमुख ?



Spread the love

३२ साउन, काठमाडाैँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश प्रमुख अहिराजलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्