Logo

आफैँले बनाएको हेलिकप्टर उडाउन खोज्दा एक युवकको दर्दनाक मृत्यु



Spread the love

३२ साउन, एजेन्सी । आफैँले बनाएको हेलिकप्टर उडाउन खोज्दा एक युवकको मृत्यु भएको छ । भारतको महाराष्ट्रको यवतमाल जिल्लामा एक युवकले आफूले बनाएको हेलिकप्टरमा उड्न खोज्दा ज्यान गएको हो ।

उनले करीब २ वर्षको मेहनतपछि हेलिकप्टर बनाउन सफल भएका थिए । तर, उक्त हेलिकप्टर परीक्षणकै क्रममा उनको मृत्यु भएको छ । मृतक युवकले पढ्दै गर्दा कक्षा ८ मै स्कुल छाडेर यो काममा जुटेको बताइएको छ ।

यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यो हेलिकप्टरबाट चिकित्सा आपतकालिन र दुर्गम ग्रामीण क्षेत्रहरुमा जानका लागि सहज हुने विश्वासका साथ काम गरिरहेका थिए ।

उनले हेलिकप्टर उडाएको देखाउन इष्टमित्र, साथीहरू तथा गाउँलेलाई बोलाएका थिए । तर, दुर्भाग्यवस हेलिकप्टर उड्नै लाग्दा ब्लेड भित्र पसेर ती युवकको मृत्यु हुन पुग्यो । हेलिकप्टरको पंखाको ब्लेडले उनको घाँटी नै चिरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्