Logo

प्लेनको चक्कामा लुकेर भाग्न खोज्ने ३ जनाको खसेर मृत्यु (भिडियो)



Spread the love

३२ साउन, एजेन्सी । प्लेनको चक्का लगायत विभिन्न बाहिरी भागमा बसेर अफगानिस्तानबाट भाग्न लागेका तीन जनाको प्लेनबाट खसेर मृत्यु भएको छ । अहिले सामाजिक सञ्जालमा तीन जना मानिहरू अमेरिकन एयर फोर्सको C-17 नामक प्लेनबाट खसेको भिडियो भाइरल भइरहेको छ ।

अफगानिस्तानमा विद्रोही समूह तालिवालने सत्ता हातमा लिएपछि त्यहाँबाट मानिसहरू उम्किन खोजिरहेका छन् । अहिले अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा अफगानिस्तानबाट ज्यान जोगाउनका लागि भाग्न खोज्ने मानिसहरूको संख्या धेरै रहेको छ ।

काबुल लगायत अन्य विमानस्थलहरूमा पनि मानिसहरू अफगानिस्तानबाट भाग्न सक्ने अपेक्षासहित जम्मा भइरहेका छन् ।

विद्रोही समूह तालिवानले हिजो अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो । राजधानी काबुलमा तालिवानी प्रवेश गरेसँगै त्यहाँ राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए ।

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्