Logo

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख लिएर भागेका युवक पक्राउ



Spread the love

१ भदाै, काठमाडौँ । कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेनमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका प्रहरीले जनाएको छ ।

विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले आज काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्