Logo

सरकारी मोटरसाइकलमा लागुऔषध तस्करी



Spread the love

१ भदाै, सर्लाही । सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो ।

सशस्त्र प्रहरीले छड्के जाँचको क्रममा धनकौल गाउँपालिकाको ना.१ब २२१२ नम्बरको मोटरसाइकलबाट बोरामा लोड गरेर लैजाँदै गरेको अवस्थामा सय एमएलको तीन सय ७१ बोतल कोरेक्स बरामद भएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्