Logo

प्रेमिकाको कपडा लगाएर परीक्षा दिन जाने प्रेमी पक्राउ, बयान सुन्दा प्रहरी चकित



Spread the love

२ भदाै, एजेन्सी । प्रेमीकाको भेषमा परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अफ्रिकी मुलुक सेनेगलमा महिलाको भेषमा प्रेमिकाको परीक्षा दिन पुगेका प्रेमी समातिएका हुन् ।

हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्न २२ वर्षका खादिम प्रेमिकाको पहिरनमा गएका थिए । उनले युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए ।

यी सबै तयारीका साथ उनी परीक्षा हलमा पुग्न त सफल भए । तर, परीक्षाको चाैथो दिन सुपरभाइजरले शंका गरेपछि उनी समातिए । यसपछि उनको कर्तुतको पर्दाफास भयो ।

उनले पक्राउ परेपछि प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने डर लागेकाले यस्तो गरेको प्रहरीसमक्ष बयान दिए ।

प्रतिक्रिया दिनुहोस्