Logo

फोरमले धोका दिएपछि…



मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ ।

फोरम सुटुक्क वाम गठबन्धनसँग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ ।  

फोरमले मधेसको मुद्धामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् ।

मधेसको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समुह छ ।

त्यो समुहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको अरोप लगाउन थालेको खबर आजको साँघु साप्ताहिकमा छापिएको छ ।

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्