Logo

नेपालकै पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् सपथ



Spread the love

३ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । शाक्यले बुधबार नै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको सपथ लिएकी छन् ।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ आयोजित सपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । शाक्य यसअघि नेपाल सरकारको उद्योग र महिल, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेकी छन् । उनि देशकै पहिलो महिला मुख्यमन्त्री बन्न पनि सफल भएकी छन् ।

नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँमा भएको थियो । आमा बुबाका आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन् । बुधबार नै प्रदेश प्रमुख प्रसाईंले नेपालको संविधानको धारा १६९ को १ को (क) बमोजिम प्रदेशका मुख्यमन्त्री पौडेलले दिएको राजीनामा स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्