Logo

दोश्रो विश्वयुद्ध सकिएको थाहा नपाउँदा ३० वर्षसम्म एक्लै लडिरहे एक सैनिक



Spread the love

३ भदाै, एजेन्सी । एक जना सैनिक विश्वयुद्ध सकिएको थाहा नपाउँदा ३० वर्षसम्म एक्लै लडिरहेको पुष्टि भएको छ । यो घटना दोश्रो विश्व युद्धको हो ।

सन् १९४५ अगष्ट १५ मा जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । तर, एक जना सैनिकलाई भने विश्वयुद्ध सकिएको थाहा भएन । र उनले ३० वर्षसम्म एक्लै युद्ध गरिरहे ।

यस समयमा उनले ३० जना दुश्मन मारेको पनि बताइएको छ ।

३० वर्षसम्म एक्दै युद्ध लड्ने सैनिक जापानका सेकेण्ड लेफ्टिनेन्ट हिरु ओनोडा थिए । उनलाई उनका कमाण्डिङ अफिसरले अन्तिम निर्देशन दिँदै कुनै हालतमा नमर्न भनेका थिए । फिलिपिन्सको एक टापुमा गुरिल्ला युद्धका लागि तैनाथ यी सैनिकले आफ्ना अधिकारीको आदेश पाएको ३० वर्षसम्म त्यो आदेशको एकदमै इमानदारीपूर्वक पालना गरिरहे ।

उनी विश्वयुद्ध सुरू हुँदा २२ वर्षका थिए । इम्पेरियल जापानिज आर्मीका यी युवा इन्टेलिजेन्स अधिकारीलाई जुनसुकै परिस्थितिमा पनि आत्मसमर्पण नगर्न र आफैंले आत्महत्या नगर्न निर्देशन दिइएको थियो ।

उनले २०१० मा दिएको एक अन्तर्वार्तामा आत्मसमर्पण गर्दा लज्जाबोध हुने भएका कारण निरन्तर लडिरहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्