Logo

काठमाडौंको सडकमा आतंक मच्चाउने राँगोलाई प्रहरीले गोली हानेर मार्यो



Spread the love

४ भदाै, काठमाडाैँ । काडमाडाैँमा एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । भागेर काठमाडाैंको सडकमा आतंक मच्याउन थालेपछि प्रहरीले गोली चलाएर राँगो मारेको हो ।

बिहीबार राती १० बजेपछि कालिमाटीको रामघाटतिरको सडकमा एउटा राँगो निस्किएर सवारीसाधन तथा मानिसहरूलाई हान्दै गएपछि राँगोलाई गोली हानेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बधशालामा ट्रकबाट खलाल्ने क्रममा राँगो भागेको थियो । सडकमा आएको राँगोले तप क्षति नपुर्‍याओस् भन्दै पछि पछि लखेटेको थियो । तर, राँगोले थप क्षति गर्नेजस्तो देखिएपछि प्रहरीले एसएलआर बन्दुकबाट चार राउन्ड गोली चलाएर राँगो मारेको बताइएको छ ।

उक्त राँगोले प्रहरीको गाडीमा समेत क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्