
५ भदाै, नेपालगञ्ज । गाडीमा यात्रा गरिरहेकी एक महिलाको यात्राकै क्रममा मृत्यु भएको छ । रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाको यात्राको क्रममा बसमै मृत्यु भएको हो ।
उपचारका लागि रुकुमबाट नेपालगञ्ज उपचारका लागि रात्रीबसमा जाँदै गरेकी उनको बसकै क्रममा मृत्यु भयो । उनको मृत्युपछि उनको साथमा भएको ३२ महिने छोरा र उनको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सबै यात्रु निदाएको बेला धर्माकुमारीको मृत्यु भएको अरू यात्रुहरूले बताएका छन् । उनले बसमा ३–४ पटकसम्म बान्ता गरेको पनि यात्रुहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्