Logo

पत्रकारलाई फसाउन प्रहरीकै मिलेमतोमा पत्रकारको मोटरसाइकलमा राखियो लागुऔषध



Spread the love

६ भदाै, राैतहट । पत्रकारलाई फसाउन प्रहरीको संलग्नतामा नै पत्रकारको मोटरसाइकलमा लागुऔषध राखिदिएको पुष्टि भएको छ ।

सिसिटिभी फुटेजमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राखेको देखिएपछि यो घटना पुष्टि भएको हो ।

प्रहरीले गत साउन ३२ गते स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । सादा पोसाकमा खटिएको प्रहरीको टोलीले राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई र मोजिबुल्लाहलाई नियन्त्रणमा लिएको थियो ।

तर, शनिबार सिसिटिभी फुटेज हेर्दा प्रहरीको मिलेमोतोमा नै पत्रकारको मोटरसाइकलमा उक्त लागुऔषध राखेको देखिएको हो ।

सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरीलाई भने नियन्त्रणमा लिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्