Logo

२ वटा मोटरसाइकल ठोक्किँदा ३ जनाको घटनास्थल मै मृत्यु



Spread the love

६ भदाै, बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुईवटा मोटरसाइकल ठोक्किर आगो लाग्दा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुर्घटनामा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र मोटरसाइकलको पछाडि सवार उनकी फूपू पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीकी ३५ वर्षीय सुनैना देवी साह रहेकी छन् ।

यस्तै बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्