Logo

प्रदीप खड्का स्टारर ‘लिलिबिली’ को ट्रेलर सार्वजनिक



Spread the love

प्रदिप खड्का अभिनित फिल्म ‘लिली बिली’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार काठमान्डौमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्वजनिक गरीएको हो। युट्युब मार्फत मंगलवार  सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कहानी र एक्सन  देखाईएको छ ।ट्रेलरमा नायक प्रदिप खड्का र नवनायिका जस्सिता गुरुङबीचको लभ केमेस्ट्री देख्न सकिन्छ । अर्की नायिका प्रियंका कार्कीलाई भने ट्रेलरमा खासै स्थान दिइएको छैन । उनी जम्मा एक सेकेन्ड झुलुक्क देखिन्छिन् । उनलाई लुकाउने रणनीति पनि हुन सक्छ । अनुपविक्रम शाही भने नेगेटिभ रोलमा देखिएका छन् ।

महंगो बजेटको यो फिल्मको सुटिङ बेलायत, स्कटल्यान्ड, टर्की लगायतमा देशमा गरिएको थियो । ट्रेलरमा तीन देशका आकर्षक दृश्यहरु समेटिएको छ, जसले दर्शकलाई फिल्म हेर्न लोभ्याउन सक्छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा  सुदीप बरालको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ । चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।  चलचित्र यही चैत्र ३० गते देश भर एकसाथ रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/DyAQJ8ZZ_SM

प्रतिक्रिया दिनुहोस्