Logo

प्रधानमन्त्री देउवासँग भेटेको भोलीपल्ट ओलीलाई भेटे चौथाइवालेले



Spread the love

७ भदाै, काठमाडाैँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपालको अनौपचारिक भ्रमणमा रहेका उनले सोमबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चाैथाइवालेले भेट गरेका थिए ।

नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ

चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस)ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्