Logo

छोराले गरे बुबा र श्रीमतीको हत्या, प्रहरीसामु दिए यस्तो बयान



Spread the love

८ भदाै, धनुषा । एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको भागेश्वर मण्डलले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार भागेश्वरले राती बुबा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाडेको पाइएको छ । हत्या आरोपित भागेश्वरले पनि हत्या गरेको स्वीकारीसकेको प्रहरीले जनाएको छ ।

भागेश्वरले बुबा र श्रीमतीको अनैतिक सम्बन्धका कारण घरमा विवाद भइरहने बयान प्रहरी समक्ष दिएको बताइएको छ ।

भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केको स्थानीयले बताएका छन् । उनको घरमा धेरै विवाद भइरहने पनि बताइएको छ ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्