Logo

भाैतिक उपस्थिति मै कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन



Spread the love

८ भदाै, काठमाडाैँ । कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन निर्देशन दिइएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे हो ।

समितिको बैठकमा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि सभापति जयपुरी घर्तीले कोरोनाको भ्याक्सिन दिएर भाैतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिएका छन् । उनले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताएका छन् ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले साउन ३२ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्