Logo

सभामुख अग्निप्रसाद सापकोटाको दाँत निकालियो



Spread the love

८ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको दाँत निकालिएको छ ।

मंगलबार काठमाडाैँको वीर अस्पतालमा माइनर सर्जरी गरी उनको दाँत निकालिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सर्जरी गरेर उनको दायाँ पट्टीको तल्लो भागको दाँत निकालिएको जानकारी दिइएको छ ।

उनको सर्जरीमा डेन्टल विभागकी प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारी लगायतको चिकित्सकहरु सहभागी थिए । अहिले पनि सभामुखको उपचार प्रक्रिया भने जारी रहेको संलग्न चिकित्सकहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्