Logo

धान गोड्दै गरेका व्यक्तिमाथि बाघको आक्रमणबाट



Spread the love

८ भदाै, चितवन । धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका छन् ।

आज दिउँसो धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्