Logo

चर्चित फिल्ममा काम गरेकी अभिनेत्रीको शव झुण्डिएको अवस्थामा फेला



Spread the love

९ भदाै, एजेन्सी । तामिल फिल्म ‘कञ्चना–३’मा प्रमुख भूमिकामा अभिनय गरेकी अभिनेत्री अलेक्जेन्ड्रा डिजावी मृत फेला परेकी छिन् । राघव लरेन्सको हरर फिल्ममा लिड रोलमा देखिएकी उनी गोवाको आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी हुन् ।

रिपोर्टहरूका अनुसार अलेक्जेन्ड्रा उत्तरी गोवाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले उनकै अपार्टमेन्टमा बस्ने उनका ब्वाइफ्रेन्डसँग सोधपुछ पनि गरेको छ । तर, उक्त घटना भएको बेला उनी त्यहाँ नभएको बताइएको छ । प्रहरीले यो घटनामा थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले चेन्नइका एक फोटोग्राफरसँग पनि ब्ल्याकमेलिङको शंका गर्दै अनुसन्धान गरिरहेको छ । अलेम्जेन्ड्राले ती फोटोग्राफर विरूद्ध २०१८ मा याैन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् ।

‘कञ्चना–३’मा उनी राघव लरेन्ससँग फ्ल्यासब्याकको कथामा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्