Logo

सबैभन्दा ठूलो मुख बनाएर विश्वकीर्तिमान



Spread the love

९ भदाै, एजेन्सी । एक महिलाले सबैभन्दा ठूलो मूख बनाएर विश्व रेकर्ड राखेकी छन् । अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् ।

सामन्थाले आफ्नो मुख आँ… गरेर भीमकाय मुख बनाएको भिडियो इन्टरनेटमा पोस्ट गरिन् । सोही भिडियोले उनलाई संसारकी सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुकमा प्रवेश दियो ।

उनले आँ…. गरेको समयका मुख २.५६ इन्च पाइयो । यो अहिलेसम्म रेकर्ड भएको सबैभन्दा ठूलो मुख पुष्टि भएपछि उनको नाम गिनिज बुकमा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्