Logo

मुख्यमन्त्रीलाई थप्पड हान्ने भनेपछि केन्द्रीय मन्त्री पक्राउ



Spread the love

९ भदाै, एजेन्सी । भारतका केन्द्रीय मन्त्री नारायण राणे पक्राउ परेका छन् । बिबिसीले जनाए अनुसार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई अपशब्द बोलेको र धम्की दिएको भन्दै प्रहरीले राणेलाई पक्राउ गरेको हो ।

उनी रत्नागिरीको र्यालीमा गएका थिए । सोही र्यालीबाट उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीमा उल्लेख छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले एक कार्यक्रममा भारत स्वतन्त्र भएको गलत मिति उल्लेख गरेका थिए । सोही विषयमा राणेले ठाकरेलाई भेटेको भए थप्पड हान्ने विवादित अभिव्यक्ति दिएका थिए ।

उनले आशीर्वाद यात्राका क्रममा मुख्यमन्त्रीलाई स्वतन्त्रता वर्षको बारेमा थाहा नहुनु लाजमर्दो कुरा भएको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्