Logo

जनगायक जेबि टुहुरेको निधन



Spread the love

१० भदाै, काठमाडाै । जनगायक जेबि टुहुरेको निधन भएको छ । ७८ वर्षीय टुहुरेको ललितपुरस्थित बयोधा अस्पतालमा निधन भएको हो ।

गत मंगलबार कलंकीस्थित घरका अचानक लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो ।

उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगबाट ग्रसित थिए ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलका गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्