Logo

आफ्नै दाजु तथा काकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ



Spread the love

१० भदाै, खोटाङ । खोटाङमा आफ्नै दाजु तथा काकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नपा–३ बस्ने नारायण थापा र सोही ठाउँका १५ वर्षीय किशोर रहेका छन् ।

उनीहरुले घरायसी झगडा र मनमुटावको कारण दाजु तथा काका गिरीराज थापाको हत्या गरेका हुन् । गिरीराज नारायणका दाजु हुन् भने १५ वर्षीय किशोरका काका हुन् ।

जिल्ला प्रहरी कार्यालयका खोटाङका सूूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर साहले अनुुसन्धानको क्रममा उनीहरुले भदौ ९ गते भैंसी बाँध्ने नाइलनको डोरीले गिरीराजको घाँटी बाँधेर हत्या गरेको खुलेको बताए ।

उनले दुवै जनालाई अदालतमा पेस गरी अनुसन्धानको लागि म्याद थप गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्