
११ भदाै, काठमाडौं । हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे उनी स्कुटर दुर्घटनामा परेका हुन् ।
काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटर चिप्लिएर दुर्घटनामा परेका हुन् ।
खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ । उनको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्