Logo

चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखाना जान प्रतिबन्ध



Spread the love

११ भदाै, एजेन्सी । चिम्पान्जीसँग प्रेम भएको भन्दै एक महिलालाई चिडियाखाना जान प्रतिबन्ध लगाइएको छ ।

बेल्जियमकी एडी टिमरम्यान नामकी महिलाले हरेक हप्ता चिडियाखानामा गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्न थालेपछि चिम्पान्जीसँग प्रेम भएको भन्दै त्यहाँ जान प्रतिबन्ध लगाइएको हो ।

दिनभर काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप चल्दथ्यो । यस्तो क्रियाकलाप देखिपछि चिडियाखानाका कर्मचारी प्रतिबन्ध लगाउने अवस्थामा पुगेका हुन् ।

ती महिलाले पनि आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी पनि गरेकी थिइन् । तथापी, उनले चिम्पान्जी र आफमा कुनै अनैतिक सम्बन्ध नरहेको बताइन् ।

चिडियाखानामा जान प्रतिबन्ध लागेपछि ती महिलाले चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्