
११ भदाै, काठमाडाैँ । लागुऔषध लिएर रसुवाबाट काठमाडौं आएका दम्पत्ति पक्राउ परेका छन् । शुक्रबार ना.१ज ६६१९ नम्बरको यात्रु बाहक टाटासुमोको अगाडीको सिटमा बसेकी २८ वर्षीया रूपा शेर्पाको झोलाबाट प्रहरीले चरेस बरामद गरेको हो ।
उनलाई सोधपुछ गर्दा सोही सुमोको पछाडी आइरहेका उनका पति पाराङ्वा तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । पाराङ्वा प्रदेश–३–०२–०१४ प ६२१९ नम्बरको स्कुटरमा आइरहेका थिए ।
रूपासँगको सोधपुछबाट पाराङ्वाले रूपालाई चरेस भएको झोला सहित उनी स्कुटरमा आइरहेको पाइएको छ ।
रूपाले काखमा ८ महिने छोरा समेत काठमाडाैँ ल्याएकी थिइन् ।
अहिले उक्त बच्चा सहित रूपा र पाराङ्वा पनि महानगरीय प्रहरी वृत थानकोटको हिरासतमा छन् । प्रहरीले उनीहरुविरुद्ध प्रहरीले लागुऔषध मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्