Logo

अस्पतालका प्रमुखलाई एमालेका कार्यकर्ताले दले कालोमोसो



Spread the love

११ भदाै, दाङ । नेकपा एमालेका कार्यकर्ताहरूले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टलाई कालोमोसो दलेका छन् ।

स्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले शुक्रबार मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेका हुन् ।

अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले एकाएक कालोमोसो दलेको बताइएको छ । प्रहरीले घटनामा संलग्नहरुको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन दिइएको बताएको छ ।

अस्पतालमा टाइफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि विवाद उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्