Logo

बिबाह गर्दै दीपिका र रणवीर



Spread the love

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अब बिबाह बन्धनमा बाँधिने छन् । यी दुबैका आमाबुबाले ३,४ महिना भित्र बिबाह गर्ने निणर्य गरेका छन् ।

रणवीरसँग दीपिकाको बिबाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएर दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए ।

दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् ।

बिबाह टुङ्गो लाग्ने बितिकै दीपिका बिबाहको तयारीमा जुटिसकेकी छन् । उनी बिबाह सपिङका लागि २ मार्चमा लन्डन उडिसकेकी छन् । यी दुबैको बिबाहमा नजिकका आफन्त र चलचित्रकर्मी मात्र सहभागी हुनेछन् ।

रणवीर दीपिका करिब ५ बर्षदेखि एक अर्काको नजिक रहँदै आएका छन् । यी दुबैको बिच प्रेम चलचित्र ‘रामलिला’को समयमा टुसाएको थियो ।  यसपछि यी दुबै एक अर्काको नजिक रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्