Logo

एउटै प्रदेशमा थपिए ५७४ कोराना संक्रमित



Spread the love

१४ भदाै, विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ । १ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा आठ, पाँचथरमा तीन, सङ्खुवासभा र भोजपुरमा दुई–दुई, ताप्लेजुङ र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्