Logo

अमेरिकी ड्रोन हमालामा परी काबुलमा ६ बालबालिका मारिए



Spread the love

१५ भदाै, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आईएसआईएस समूहका चरमपन्थीमाथि गरिएको भनिएको अमेरिकी ड्रोन हमलामा ६ जना बालबालिका मारिएका छन् । पछिल्लो समाचार विवरण अनुसार काबुलको बाक्लो वस्तीस्थित एक घरमा अमेरिकाले ड्रोनबाट गरेको हमलामा ६ जना बालबालिकासहित १० जना सर्वसाधरणले ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

अमेरिकाले एक आत्मघाती हमकारीलाई निशाना बनाएर गरेको ड्रोन हमलामा ती व्यक्तिका १० जना निर्दोष नातेदार र बालबालिका मारिएका हुन् । आइतवार यी मानिसको घर अगाडि कारमा बम विस्फोट भएको थियो । जसमा १० जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी सेनाले एकजना इस्लामिक स्टेटका सदस्यले प्रयोग गरिरहेको कारलाई लक्षित गरेर उक्त हमला गरिएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी कमाण्डले अझै पनि उक्त हमलामा १० जना मारिएकोबारे एकीन भइनसकेको पनि उल्लेख गरेको छ। अमेरिकी अधिकारीले एक वक्त्व्यमा ड्रोन हमलापछि कयौँ शक्तिशाली विस्फोट काबुलमा भएको बताएका छन् ।

उनका अनुसार ड्रोन हमलापछि त्यहाँ रहेका विस्फोटक पदार्थ पनि विस्फोट भएका कारण ती मानिस हताहत भए का हुन सक्छन् । अमेरिकी सेनाले यसअघि हमलापछि काबुलको हामिद काराजाई एयरपोर्टमा इस्लामिक स्टेटको अफगान शाखाको अर्को आक्रमणको खतरा टारिदिएको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्