Logo

चीनमा कक्षा ७ सम्मका विद्यार्थीहरूले लिखित परीक्षा दिनु नपर्ने



Spread the love

१५ भदाै, एजेन्सी । चीनले कक्षा ६ र ७ का बच्चाहरूका लागि लिखित परीषा लिनुपर्ने नियम खारेज गरेको छ । चीनको प्रतिस्पर्धात्मक स्कुल प्रणालीमा विद्यार्थी र अभिभावकहरूलाई तनावबाट मुक्त गराउन यस्तो नियम लागु गरिएको बताइएको छ ।

यसभन्दा अघि चीनमा पहिलो कक्षाबाटै विद्यार्थीहरूले लिखित परीषा दिनुपर्ने नियम थियो ।

चीनका शिक्षामन्त्रीले विज्ञप्ती जारी गर्दै नियमति लिखित परीक्षाले विद्यार्थीहरूमा थप बोझ र तनाव दिएको उल्लेख गरेका छन् । शिक्षामन्त्रीले सानै उमेरदेखि विद्यार्थीहरूलाई तनाव दिँदा उनीहरूलाई मानसिक र शारिरिक असर गर्ने बताएका छन् ।

नयाँ व्यवस्थाअनुसार अब साना विद्यार्थीहरूले माैखिक रूपमा परीक्षा दिनुपर्नेछ ।

चीनमा यो नयाँ व्यवस्था लागु गरिएपछि चीनको शिक्षा क्षेत्रमा सुधार गर्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्