Logo

चिनी अझै महँगिने



Spread the love

१६ भदाै, काठमाडाैं । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ। चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छुटको चिनी आयात गर्न अनुमति माग गरे पनि अर्थले स्वीकृत दिएको छैन। दसैं, तिहारमा चिनी धेरै खपत हुन्छ। स्वदेशी उत्पादनले नपुग्ने भएकाले हरेक वर्ष भन्सार छुटमा चिनी आयात गरेर बिक्री गरिँदै आएको छ।

५० हजार मेट्रिक टन चिनी आयात गर्न प्रस्ताव पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्। ‘५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति माग गरेका छौं,’ केसीले भनिन्, ‘अर्थमा फाइल रोकिएको छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्