Logo

एमसिसीकी उपाध्यक्ष नेपाल आउँदै, यस्तो छ कार्यक्रम



Spread the love

१६ भदाै, काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष नेपाल आउने भएकी छिन् । एमसिसीकी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने भएकी हुन् ।

उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

नेपालले अमेरिकासँग एमसिसीको सहयोग लिनेबारे अन्तिम छफलफहरू गर्दा सुमार पनि संलग्न थिइन् ।

प्रतिक्रिया दिनुहोस्