Logo

रहस्यमय तरिकाले ५० भन्दा बढी बालबालिकाको मृत्यु, सयाैँ अस्पताल भर्ना



Spread the love

१७ भदाै, एजेन्सी । भारतमा एक हप्ताभन्दा बढीदेखि केही बालबालिकाको रहस्यमय मृत्यु भइरहेको छ । भारतको उत्तर प्रदेशमा विभिन्न क्षेत्रहरूमा ज्वरो र पसिना बग्दै मृत्यु हुन थालेको हो ।

बालबालिकाको मृत्यु भएका परिवारहरूले बच्चाहरूमा जोर्नी दुख्ने, टाउको दुख्ने, सुख्खापन देखिने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएको बताएका छन् ।

उत्तर प्रदेशका विभिन्न ६ जिल्लामा ५० भन्दा बढी बालबालिकाको यिनै लक्षणसहित मृत्यु भएको छ भने सयाैँ बालबालिका अस्पताल भर्ना भएका छन् । तर, मृत्यु भएका कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको बिबिसीमा उल्लेख छ ।

कोरोना भाइरसको दोश्रो लहरबाट केही हदसम्म स्थिति सुधार भएता पनि यो रहस्यमय रोगका कारण बालबालिकाको मृत्यु हुन थालेपछि अधिकारीहरू चिन्तित भएका छन् ।

अहिले बालबालिकाहरू बिरामी भएका र मृत्यु समेत भएका जिल्लाहरूमा आग्रा, मथुरा, मैनपुर, इताह, कशगञ्ज र फिरोजावाद रहेका छन् । स्वास्थ्य अधिकारीहरूले यो समस्या डेंगुका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन् । तर पनि अनुसन्धान भने जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्