Logo

अब ट्राफिकको चिटमै क्‍यूआर कोड, ठाउँको ठाउँ जरिबाना तिर्न सकिने



Spread the love

१७ भदाै, काठमाडाैँ । ट्राफिक नियम उल्लंघन गरेपछि तिराइने जरिबाना भुक्तानीका लागि बैंक जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्‍यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेपछि उक्त बाध्यताको अन्त्य भएको हो ।

महाशाखाले बिहीबारबाट क्‍यूआर कोड सहितको चिट प्रयोगमा ल्याएको छ । उक्त चिटमा भएको क्‍यूआर कोड स्क्यान गरेपछि सजिलै जरिबाना बापतको रकम सरकारी खातामा जम्मा गर्न सकिनेछ ।

यसभन्दा अघि निमय उल्लंघन गरेपछि तिरिने जरिबाना भुक्तानीका लागि निश्चित बैंकमा नै जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्