Logo

अमेरिकी दूतावास अगाडि एमसिसीको विरोध गर्ने १० जना पक्राउ



Spread the love

१८ भदाै, काठमाडाैँ । एमसिसीको विरोध गर्ने १० जना पक्राउ परेका छन् । शुक्रबार काठमाडाैँस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गर्ने १० जना पक्राउ परेका हुन् ।

एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेज गर्न माग गर्दै युवाहरूले अमेरिकी दूतावास अगाडी प्रदर्शन गरेका थिए ।

प्रहरीले अभियानका संयोजक निर्ग जैसी (नवीन)सहित १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि पुन: एमसीसीको चर्चा सुरू भएको छ । आगामी साता उपाध्यक्ष फाति आउन लागेसँगै युवाहरु थप आक्रोशित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्