Logo

स्तन घटाउन अप्रेशन गरेकी महिला स्तन झन् बढ्दै गएपछि तनावमा



Spread the love

१८ भदाै, एजेन्सी । एक महिलाले स्तान घटाउन अप्रेशन गरेकी थिइन् । उनले हजाराैँ डलर खर्च गरेर गरेको अप्रेशनको ६ महिनापछि नै स्तन पुनः बढ्न थालेपछि उनी अहिले तनावमा छिन् ।

अमेरिकाको लस एन्जलस बस्ने बेथानी लियनले १३ हजार डलर खर्च गरेर स्तन घटाउने अप्रेशन गरेकी थिइन् । उनले ढाडमा दुखान महशुस गरेपछि स्थन घटाउन अप्रेशन गर्ने निर्णय गरेकी थिइन् ।

२४ वर्षीया लियनले मोटो रकम खर्च गरेर सि-कप अप्रेशन गरिन् । अप्रेशन पश्चात् उनी खुसी थिइन् । तर, उनको खुसी जम्मा ३ महिना मात्रै रह्यो । त्यसपछि उनका स्तन पुनः बढ्न थाले उनी दुःखी हुन थालिन् ।

अप्रेशन गरेको करीब ९ महिनामा नै उनका स्थान अप्रेशन गर्नुभन्दा अगाडीका जस्तै भए ।

अप्रेशनमा सहभागी चिकित्सकहरूले भने लियनमा देखिएको समस्या अत्यन्तै दुर्लभ भएको बताएका छन् । चिकित्सकहरूले उनको पुनः परीक्षण गरेर अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्