Logo

नेकपा (एस)ले तोक्यो ६ प्रदेशमा इन्चार्ज, कसलाई कहाँको जिम्मेवारी ?



Spread the love

२० भदाै, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । अध्यक्ष नेपालले शनिबार अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी काम संयोजन गर्न सातै प्रदेशमा इन्चार्ज तोकेका हुन् ।

नेपालले पाँच गैरभौगोलिकसहित १२ प्रदेशमा इञ्चार्ज तोकेका छन् । एकीकृत समाजवादीले प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इन्चार्ज तोकेको छ भने प्रदेश २ इन्चार्ज धर्मनाथ साह भएका छन् । बागमतीमा प्रदेशको इन्चार्ज केदार न्यौपानेलाई बनाइएको छ भने केशवलाल श्रेष्ठको इन्चार्ज बनेका छन् । भागवत विश्वासीलाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ भने कर्णाली इन्चार्ज प्रकाश ज्वाला बनेका छन्। सुदूरपश्चिम प्रदेशमा भने इन्चार्जको टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्