Logo

धर्मनिरपेक्षता र संघीयता अनावश्यक बोझ भयो, तुरून्त खारेज गर्नुपर्छ : कमल थापा



Spread the love

२० भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

राप्रपा अध्यक्ष थापाले मुलुकमा अहिलेको शासन प्रणाली अनावश्यक बोझ भएको तर्क गरेका थिए । शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने तर्क उनले गरेका थिए ।

राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाको भनाइ छ ।

करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्